• १० मंसिर २०८१, सोमबार

बलेकी धपक्कै (कविता)

blog

उजेली माया जुनेली रातमा धपक्क बलेकी

बैँसको मीठो मुस्कान छर्दै मायाले खुलेकी

इन्द्रेणी रूप सुहाई खुब सुवास छर्दैछिन्

छहराबाट झरेको पानी नुहाउने गर्दछिन् ।


मनमा फल्ने वनमा डुल्ने स्वर्गकी परी हुन्

उडेर आइन् आँखामा बस्न मनकी चरी हुन्

हातमा राम्रो सुनका बाला कानमा झुम्कितार

सुनको सिक्री छातीमा टम्म शिरमा चन्द्रहार ।


मधुर बोली लजालु आँखा फुलबुट्टे चोलीको

सुन्दरी/राम्री सिपालु हाम्री नेपाली छोरीको

नाकमा फुली आँखामा गाजल टिको छ टपक्कै

रूपले उस्तै बैँसले उस्तै बलेकी धपक्कै ।