• ४ असार २०८१, मङ्गलबार

गजल

blog

रहेर सँगै घोचिरहने खिल जस्तो,

देब्रे तिर छैन क्याहो दिल जस्तो । 


निमुखा छट्पटिएको हेरि मात्र बस्छ, 

यो कस्तो सरकार हो हुचिल जस्तो ।


कारिन्दाहरूले खाइदिए हाम्रो पसिना,

यसो पेस गरे पुगिहाल्छ बिल जस्तो । 


भुट पेल वा बटार सजिलै सँग, 

म छँदै छु हरदम तिल जस्तो । 


खेत झन् झन् कुरूप भएको छ, 

छैनन् बा छैनन् डिल डिल जस्तो ।