• ७ कात्तिक २०८१, बुधबार

नेपालमा ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत : उर्जामन्त्री बस्नेत

blog

ऊर्जा, सिँचाइ तथा जलस्राेतमन्त्री शक्तिबहादुर बस्नेत । फाइल तस्बिर

बागमती, जेठ ३२ गते । ऊर्जा, सिँचाइ तथा जलस्राेतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा र्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताउनुभएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थनाभर्याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उहाँले राजनीतिक परिवतनपछि र्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । 

मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताउनुभयो । विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयस्राेत वृद्धि गरिने उहाँको भनाइ थियो । तीनवटै तहका सरकार, निजी क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिनुभयो । 

समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत हेटौँडाको रातमाटेदेखि राप्ती नदीसम्म ‘बाइपास सडक’ निर्माण गरिने बताउनुभयो । राजनीतिक परिवर्तन भइसकेको सन्दर्भमा अब सबैको ध्यान मुलुकको विकास र समृद्धितर्फ जानुपर्नेमा जोड दिँदै उहाँले यसका लागि दलीय आस्थाभन्दा माथि उठ्न सबैसँग अनुरोध गर्नुभयो । समारोहमा मकवानपुरबाट प्रतिनिधिसभामा निर्वाचित सांसदद्वय दीपकबहादुर सिंह र महेश बर्ताैलाले हेटौँडा बजारको विस्तार र मध्यवर्ती क्षेत्रको समस्यालाई गम्भीररुपमा लिन सरकारसँग आग्रह गर्नुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा ४०० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएसँगै नीजि क्षेत्रसमेतको सहयोगमा जलविद्युत उत्पादनतर्फ उल्लेखनीय प्रगति भइरहेको बताउनुभयो । यसबाट स्वदेशमा विद्युत् प्रसारण सुनिश्चित गर्न र विद्युत् विदेशमा निर्यात गर्न बाटो खुलेको उहाँको भनाइ थियो । समारोहमा उक्त सवस्टेसन निर्माणमा योगदान पुर्याउने निर्माण कम्पनी र प्राविधिकहरुलाई सम्मान गरिएको थियो । मुलुकको तेस्रो ठूलो सबस्टेसनको आज एक समारोहबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्नुभएको थियो । रासस