• ७ कात्तिक २०८१, बुधबार

मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग

blog

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी

काठमाडौँ, जेठ ३२ गते । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गर्नुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद केसीले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औं स्थानमा रहेको बताउनुभयो ।

सांसद केसीले भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी, पहिरो, चट्याङले ठुलो क्षति पु¥याएको र आगालागीबाट प्रत्येक वर्ष दुई अर्बभन्दा नोक्सानी र सयौं नेपाली ज्यान गुमाउनुपरेको बताउनुभयो । उहाँले विपद् जाेखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र चार लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको बताउनुभयो । उहाँले पहिला भएका घटनाको अहिलेसम्म पुनर्स्थापनाका लागि काम गर्न नसकेको बताउनुभयो ।

‘‘विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औं स्थानमा छ । भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी, पहिरो, चट्याङले ठुलो क्षति पु र्‍य ाएको छ । आगलागीबाट प्रत्येक वर्ष दुई अर्बभन्दा नोक्सनी र सयौं नेपाली ज्यान गुमाउनुपरेको छ । विपद् जाेखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपत्तिमा १८ लाख नागरिक र चार लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको छ ।,’’ सांसद केसीले भन्नुभयो, ‘‘चार सय बस्ती उच्च जोखिममा छ । पहिला भएका घटनाको अहिलेसम्म पुनर्स्थापना हुन सकेको छैन भने सरकार युद्ध स्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन । कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको छ । सरकारले विपत जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गरोस् ।’’

उहाँले सरकार विपद् जोखिमको लागि काम गर्ने भन्दा पनि कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको आरोप लगाउनुभयो । उहाँले सरकारले विपद् जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न आवश्यक रहेको बताउनुभयो ।