• ६ जेठ २०८१, आइतबार

चीनमा एक हजार आठ सयभन्दा बढी सङ्क्रमित, साङ्घाइमा धेरै

blog

बेइजिङ, वैशाख १४ गते ।  चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि सङ्क्रमितहरु देखिएका हुन् । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा सङ्क्रमणबाट बच्न सुरक्षाका मापदण्ड अपनाउने गरेको भए पनि सङ्क्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।

गएको २४ घण्टामा अर्थात् मङ्गलबार मात्र चीनभित्रै सङ्क्रमित भएका नागरिकको सङ्ख्या एक हजार ८१८ जना पुगेको छ । यीमध्ये चीनको साङ्घाइ सहरमा मात्र एक हजार ६०६ जना रहेका बताइएको छ । चीनको साङ्घाइ सहरमा पछिल्लो समयमा सङ्क्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ ।

यहाँ हरेक दिन एक हजारभन्दा बढी सङ्क्रमित देखिन थालेका छन् र तीमध्ये अधिकांश चीनभित्रै सङ्क्रमणमा परेका हुन् ।