• ७ कात्तिक २०८१, बुधबार

वडाध्यक्ष कार्कीको निधन

blog

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का वडाध्यक्ष गोपीकृष्ण कार्की ।

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ ३१ गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । वडाध्यक्ष तथा नेपाली काँग्रेस मोलुङ गाउँपालिकाका सभापति कार्कीको बुधबार राति शिक्षण अस्पताल महाराजगन्ज काठमाडाैंमा ५१ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार घुँडामा क्यान्सर भएपछि वडा अध्यक्ष कार्कीको विगत तीन महिनादेखि अस्पतालमा उपचारत हुनुहुन्थ्यो । वडाध्यक्ष कार्कीको निधन मोलुङ गाउँपालिकाले पालिकाभर बिहीबार शोक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वडाध्यक्ष कार्कीको निधनमा पालिकाका सरकारी कार्यालय र शिक्षण संस्थामा शोक बिदा हुने जनाएको छ ।