• १३ असोज २०८१, आइतबार

ट्याक्टर दुर्घटनामा दुई घाइते

blog

दुर्घटनामा परेको ट्याक्टर ।

राजु लामिछाने 

रुकुमपश्चिम, जेठ २३ गते । रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान मुसीकोट नगरपालिका –५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घाइते हुनेमा मुसीकोट नगरपालिका –२ का १८ बर्षिय चालक सागर परियार र वडा नम्बर –५ निवासी ४० वर्षीय हरिचन्द्र केसी रहनुभएको छ । 

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको र थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । दुबै जनाको छातीमा चोट लागेको प्रहरीको भनाइ छ ।

सेरीगाउँस्थित विद्युत् कार्यालयनजिक मध्यपहाडी राजमार्गबाट तीन मिटर तल ट्याक्टर खसेको छ । दुर्घटनाको कारण खुलेको छैन ।