• १४ असार २०८१, शुक्रबार

भेरी नदी किनारमा एक व्यक्ति मृत अवस्थामा फेला

blog

भेरी नदी किनारमा मृत अवस्थामा फेला परेका व्यक्ति । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा
जाजरकोट, जेठ २२ गते ।
भेरी नदी किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ स्थित हुक्काडोलास्थित भेरी नदी किनारको पानीमा अन्दाजी ४० देखि ४९ वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।

सोमबार स्थानीयले पुरुष व्यक्तिको लास पानीमा तैरिरहेको छ भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्माको कमाण्डमा घटनास्थलतर्फ गएको प्रहरी टोलीले शवको मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान गरी शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जाजरकोटको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो । मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन ।