गुणबहादुर रोका
सुलीकोट, जेठ २२ गते । गोरखाका ११ स्थानीय तहहरुमध्ये अजिरकोट गाउँपालिका–३ काे हंसपुर जिल्लाको पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । सोमबार अजिरकोट गाउँपालिकाले एक कार्यक्रम बिच वडा नम्बर ३ हंसपुरलाई बालमैत्री वडा घोषण गरिएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले आवश्यक ४० वटा सूचक निर्धारण गरेकोमा वडा न ३ ले सबै सूचक कार्यान्वयन गरेकाले ३ न वडा जिल्लाकै पहिलो बालमैत्री वडा बन्न सफल भएको उहाँले बताउनुभयो । गाउँपालिकाले दिएको सूचक अनुसार ३ न वडाले ३ महिनासम्म सबै सूचक पूरै कार्यान्वयन गरेकाले निर्धारित सूचकका आधारमा ९३ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाको पहिलो बालमैत्री वडा बन्ने अवसर पाएको हो ।
बालमैत्री वडा घोषण हुनका लागि वडामा पालिकाले अनुगमन र पालिकालाई जिल्ला स्तरिय अनुगमन समितिले अनुगमन गरेपछि मात्र त्यसबाट निस्केन प्रतिवेदनले मात्र बालमैत्री वडा घोषण गर्ने गरिन्छ । वडा न ३ हंसपुरले बालबालिका सम्बन्धी कार्यायोजना तयार पारी बालबालिकाको संरक्षण, बाल विकास, बाल बचाउ अभियानलाई तीव्रताका साथ कार्यान्वयन गरिएकाले पहिलो बालमैत्री वडा घोषण हुन सफल भएको वडाध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो ।
गाउँपालिकाले बालबालिकासम्बन्धी गाउँसभाबाट बजेट विनियोजन गरी बालबालिकाको विकासमा गाउँपालिकाले उदारता देखाएकाले पनि पहिलो बालमैत्री वडा हुन सफल भएको गाउँपालिकाले जनाएको छ । अहिले अजिरकोट गाउँपालिकाले होटेल तथा सवारीसाधनमा कार्यरत बालबालिकालाई सचेतना कार्यक्रम गरिएकाले पहिलो बालमैत्री वडा हुन सफल भएको प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीको भनाइ छ ।