• १२ साउन २०८१, शनिबार

दुई बिराला (कथा)

blog

मलाइ बिरालो प्रिय लाग्दैनथ्यो । मेरो बाल्यावस्थामा मेरो अग्रज लगायत गाउँलेले समेत बिरालोलाई बोक्सीको सूचना वाहकको रुपमा चित्रित गर्ने गर्थे । बिरालो अपशकुन हुने कुरा उनीहरु बताउँथे । यसकारणले पनि होला बिरालो मेरो मनमा एउटा त्रासदीपूर्ण राक्षसको रुपमा अङ्कित भएको थियो र म्याउ शब्दले द्वेष र घृणा सिर्जना गथ्र्यो र हरेक चोटि म्याउ सुन्ना साथ म झसङ्ग हुन्थें  । 

एक दिन मेरो घरपरिसरमा दुईटा साना  बिराला देखियो । ती बिरालाहरु घाइते जस्ता देखिन्थे । रगतको टाटाहरु स्पष्ट देखिन्थ्यो । मलाइ याचनाको भावमा एकटकसँग दुवै बिरालाले हेरेको जस्तो लाग्यो । तिनीहरुको आँखा ज्यादै चम्किलो थियो । बिरालोको बारेमा आफ्नो बाल्यावस्थाको प्रभावलाई बिर्सिएर म ती दुवै बिरालो नजिकै गएर नियाल्न थाले ।  

लाग्दैथ्यो तिनीहरुको ड्यामले मेरो बगैंचामा छोडेर गएकि थिइ । ती बिरालोलाई देख्दा तिनीहरुको  बाँच्ने सम्भावना धेरै सँदिग्ध थियो । बिरालोको शरीरमा रौं थिएनन । एक्सरेमा देखिए जस्तै तिनीहरुको करङ्गको हड्डी देखिएको थियो । म नजिक जाँदा समेत चलमलाएको नदेखेपछि मैले तिनीहरुलाई  हल्कासँग छोएँ । तिनीहरुको हड्डीमाथि मासुको भागहरु थिएनन जस्तै लाग्थ्यो । निमेषभर पनि अन्यन्त्र आँखा नडुलाइ तिनीहरुले मलाइ हेरिरहे र मैले दुवै बिरालोलाई हातमा उठाएँ । बिरालोले मानव स्पर्श  हुँदा पनि कुनै किसिमको प्रतिक्रिया जनाएनन । बिरालोको भरोषायोग्य निर्भरता देखेर म आश्चर्यचकित भएको थिएँ । 

बिस्तारै मैले तिनीहरुलाई सुरक्षित स्थानमा पु¥याए । ज्यादै सानो भएकोले सिकार खेल्न उनीहरु सक्दैनथे । तत्काल खानेकुराको प्रबन्ध नभए तिनीहरु भोकै मर्न सक्थे । तर मलाई के थाहा थियो ड्याम पक्कै आउँछे किनभने मानिसहरुको जस्तै ड्यामले पनि अन्तिम साससम्म पनि आफ्नो बच्चाहरुलाई छोडदिन भन्ने थाहा थियो र ड्याम सायद सिकार लागि गएकी पनि हुन सक्छे, यस्तै सोचले म फेरि बगैंचामा काम गर्न निस्किएँ तर दिन बित्यो रात बित्यो ती दुई बिरालोको ड्याम आइन । 

अन्ततः ती दुई बिरालो मेरै परिसरका बासिन्दा भए । यसैबिच मैले बिरालोको बारेमा धेरै जानकारी प्राप्त गरें । असहाय भए पनि करिब ४० प्रतिशत बिरालो आफ्नै तरिकाले प्राकृतिक तवरमा हुर्कन्छ भने सुरुवाती दिनमा मानिसले अलिकता सहयोग गरिदियो भने बिरालो ज्यादै निपुण तरिकाले घरमा पनि बस्न सक्छ । यसकारण तिनीहरुलाई सानो हुन्जेल खानाको प्रबन्ध गरिदिने सोच बनाएँ । बिरालो मांसाहारी हो  र सानोमा विशेष किसिमको मासुको प्रकार दिनुपर्ने कुरा गुगलबाट थाहा पाएँ  ।  

घरपालुवा जनावरहरु प्रायः प्रिय नै हुन्छन तर बिरालो केही सभ्य विशेषताको कारण अधिक प्रिय हुँदो रहेछ । साना बिरालाहरुले सुरु देखिनै अचम्मको व्यवहार देखाएको थियो । मलाई देख्नासाथ बिरालोहरु दौडिएर म कहाँ आइपुग्थे । पञ्जाको सहायताले म बसेको काठको फर्निचर चिथोरे झंै गदैथे । र मेरो नजिक भएका वस्तुहरु उनीहरुले चाट्न खोज्थे । मेरो खुट्टामा आएर ढुनमुनाउँथे र मेरो उपस्थितिलाई सराहना गरे झै उनीहरु बुर्लक्क बुर्लुक्क उफ्रिन्थे । 

एक हप्ता बित्यो, मेरो श्रीमती माइतीबाट घर फर्किइन । जब उनी घर भित्र प्रवेश गरिन तब दुवै बिरालोले उनलाइ यसरी हेरे कि जसरी एक आपसमा वर्षौदेखि परिचित छन । “के भइराछ घरमा” बिरालो देखेर  उनले अचम्म मानिन् । “तिमीलाई विश्वास लाग्दैन होला, तिनीहरु हाम्रो घर कम्पाउण्डमा कसरी आइपुगे” मैले जबाफ दिएँ र आफ्नो भावी योजनाको बारेमा बताएँ । “त्यसो भए मेरो अनुपस्थितिमा पशु कल्याणको बारेमा धेरै जानकारी हासिल गर्नु भयो जस्तो छ”, उनले भनिन् ।

“मलाइ थाहा छैन तर तिम्रो अनुपस्थितिमा नै मैले यिनीहरुलाई बस्नको लागि खोर समेत बनाइदिएँ”, मैले भने । “त्यसो भए यिनीहरुको नाम पनि राख्नु भयो होला,” उनले उत्सुकतापुर्वक सोधिन् ।

“अहं राखेको छैन, असलमा यिनीहरु जङ्गली प्रजाति हुन् । कुनै अप्रिय घटना हुनासाथ यिनीहरु हामीलाई छोडेर जान्छन” त्यसपछि हामीले सल्लाहामा नै कुनै नामै नदिइ बिरालोलाई म्याउ भनेर मात्र बोलाउन थाल्यौं ।

साच्चै मेरो पत्नीको मन कमलो छ । यसकारणले पनि बिरालो हेरचाह गर्नमा उनले मन लगाउन थालेको कुराले मलाइ आश्चर्य बनाएन । उनले बिरालोलाई प्रशिक्षण दिन थालिन । मलाई थाहै भएन, मेरो  बिरालो प्रतिको प्रेम कसरी बढ्यो, यसैले होला बिरालोलाई प्रशिक्षण गर्ने श्रीमतीको विचार ज्यादै मन प¥यो  ।   

झण्डै एक वर्ष बित्यो दुवै बिरालो मेरो परिवारको एक अभिन्न अङ्ग जस्तै बनिसकेको थियो । जब हामी  घरको कम्पाउण्डमा हुन्थ्यौं तब उनीहरु हाम्रो अगाडि आएर उफ्रिन्थे । र  हामीले हप्काउँदा समेत अवज्ञा गरेर जान मान्दैनथे र हाम्रो काखमा आएर पल्टने प्रयास समेत गर्दथे । वास्तवमा बिरालो विचित्रको विनोदी प्राणी हुँदो रहेछ र तिनीहरु सुरक्षित स्थानमा निदाउन अत्यन्त मन पराउँदा रहेछन ।      

हाम्रो सम्बन्ध यसरी नै अगाडि बढिरह्यो तर यो आनन्ददायक खुसीको समयलाई छिमेकी महिलाको मूर्ख र द्वेषपर्ण व्यवहारले ग्रहण लगायो । एकदिन बिरालोलाई उनले घरको छतबाट ढुङ्गा बर्साएको मैलै आफैले देखेँ तर छिमेकीसँग प्रतिवाद गर्न मन लागेन ।  

यसरी तीन वर्ष बित्यो ।

एकदिन डडेलधुरा बैतडीसम्म घुम्न जाने योजना बन्यो तर बिरालोलाई लामो कार ड्राइभमा लैजान सम्भव थिएन । यात्रामा बिरालो विचलित हुन सक्छ । त्यसकारण घर परिसरमै छोडने योजना बनायौं । वयस्क बिरालोले आफ्नो खाना आफै खोज्न सक्छ र साथै बिरालो खान नपाए पनि कैंयन दिनसम्म भोकै रहन सक्छ तैपनि मैले आफ्नो छिमेकीलाई भने–“भाइ म केही दिनको लागि बाहिर जादै छु, तपाइँ हाम्रो बिरालोलाई खान दिन सक्नु हुन्छ कि ।” उनको पत्नीले हाम्रो म्याउलाई मन पराउदिनन भन्ने थाहा हुँदाहुँदै पनि मैले छिमेकी भाइसँग सहयोगको अपेक्षा गरें र तीन चार दिनलाई पुग्ने बिरालोको खाना उनलाई थम्याइदिएँ । उनले हामीलाई वचन दिए कि मेरा दुई बिरालो हाम्रो अनुपस्थितिमा उनको निगरानीमा रहने छन भनेर ।  

यात्रामा मन हर्षले रमायो । बाटोमा बिरालो देखियो भने हामीलाई अपशकुनको कुनै मतलब हुदैनथ्यो न त डर नै लाग्थ्यो । यात्रा समाप्त भयो । अब म्याउसँग मिल्न पाइने भइयो भनेर मनमनै खुसीको लहर दौडियो । जब हामी आफ्नो सामानको साथसाथ द्वार खोल्ने प्रयास गर्ने छौ त्यतिखेर हामीलाई म्याउले कसरी स्वागत गर्छ होला भनेर मनमा कौतुहलता बढ्यो । सम्भवतः एउटा भव्य स्वागत हुने छ भनेर मैले   कल्पना गर्न थालें । तर हामीलाई भेट्न दौडेर आउनुको सट्टा दुईटै बिरालो एउटा प्रतिकूल फैसलाको प्रतीक्षा गरिरहेको निर्दोष कैदी जस्तै पर्खिएर बसेका थिए । तिनीहरु दुवैले मलाई क्वारक्वार्ती हेरे त्यस्तो हेराइ जसको कारणले बिरालो बदनाम हुने गरेको छ । सायद उनीहरु मसँग असन्तुष्ट भएका हुन कि, मैले आफैले आफैसँग प्रश्न गरेँ र  हात देखाउदै भने, “हाइ म्याउ, हामी आयौं नि ।”

बिरालोहरुले प्रतिक्रिया जनाएनन । तुरुन्तै मलाइ थाहा लाग्यो कि उनीहरुप्रति खराब व्यवहार भएको थियो र हामीले ढोका खोल्न नपाउँदै उनीहरुले उल्टी गर्न थाले । तिनीहरु दुवैलाई पखाला लागेको समेत हामीले थाहा पायौँ । असाध्यै  कडा र गम्भीर प्रकृतिको रोग लागेको जस्तो हामीलाई महसुस भयो । हामीले प्रेमपूर्ण व्यवहारले घरेलु उपचार सुरु ग¥यो । स्पष्ट रुपमा त्यति ठुलो विरोध नगरे पनि हामीले गरेको उपचारदेखि म्याउहरु झिँझिएको जस्तो लाग्यो । हामीले तुरुन्तै उनीहरुलाई पशु चिकित्सालयमा लगेर उपचार सुरु ग¥यो । 

चिकित्सकले उपचार गर्न ज्यादै कठिन हुने कुरा बताए । हाम्रो प्रिय म्याउलाई कसैले कडा किसिमको डिप्रसेन्ट हुने विष दिएको रहेछ । विषको प्रभावले रक्तसन्चार ठुलो समस्या आउने र रगत जम्ने हुँदा बिरालोमा उपचार करिब करिब असम्भव नै हुन्छ भन्ने कुरा चिकित्सकले बताए । तैपनि हामीले प्रयास छोडेनौ । एक हप्ता अत्यन्त पीडा र दःुखमा तिनीहरुले बिताए । उनीहरुको सङ्घर्ष पर्याप्त थियो र हामीले पनि परिवारको ज्यादै निकट सदस्य जस्तै उपचार गर्नलाई कुनै कसर छाडेनौ तर अन्तत तिनीहरुले प्राण त्याग गरे ।

मैले आफ्नो बिरालो मरेको जानकारी छिमेकीलाई दिएँ र हाम्रो अनुपस्थितिमा के भएको थियो भनेर सोधें तर उनको बोली र व्यवहार भिन्न भइसकेको थियो । म आफूलाई अत्यन्त शान्तप्रिय मानिस ठान्दथे तर उनको विचारलाई सहज रुपले लिन सकिन र  सोधखोज गर्न थाले तर मेरो सोधखोजले उनको क्रोध झनै बढायो । दुई जनाबिच भनाभन समेत भयो । हाम्रो वार्तालाप सुनेर अरु छिमेकी पनि आए तर  अन्य छिमेकी पनि बिरालो पाल्न अपसगुन नै ठान्दा रहेछन । उनीहरुको लागि बिरालो मात्र जावो जनावर थियो र बिरालोका तुलना मानिससँग हुनै नसक्ने सोच उनीहरुको थियो । साँच्चै मानिस र बिरालो अलग अलग प्राणी हुन तर कानुनतः कुनै स्पष्ट कारणबिना बिरालोलाई पनि मार्न पाइदैन । बिरालोको पर्यावरण सन्तुलनमा महत्वपूर्ण भूमिका हुन्छ । भोजन चक्रमा बिरालोको भूमिका मानिसको भन्दा बढी हुन्छ । तर मेरो पर्यावरणको भाषणप्रति कसैले चासो नै देखाएनन र म घर फर्किएँ । त्यसपछिका केही सप्ताह मेरो लागि सबैभन्दा खराब दिन थियो । अहिले पनि झण्डै तीन वर्ष भयो म आफूलाई दोषी ठहर गरेको छु  । 

सबभन्दा पहिलो त मैले मेरो प्रिय म्याउलाई न्याय दिलाउन सकिन, मैले मेरो म्याउलाई कसले बदमासी ग¥यो जान्ने कोसिसै गरिन । सबैभन्दा बढी मूर्खता मैले लापरबाही गर्न हुदैनथ्यो । मैले छिमेकीलाई पर्यावरणको महìव सम्झाउनुभन्दा न्यायको लागि सरोकारवालाहरुलाई गुहार्नु पथ्र्यो । जे होस् यो घटनाले मलाई एउटा ठुलो शिक्षा दिएको छ । तर खास शिक्षा चाहिँ के हो ? हामी हाम्रो मित्र समान बिरालोलाई भयानक मृत्युबाट कसरी बचाउन सक्छौ ? हाम्रा वरिपरि पर्यावरणप्रति सचेतना भएका कति मानिसहरु छन र हामी कस्तो समाजमा हुर्केका छौ ? बिरालो पाल्ने सन्दर्भमा यी र यस्तै प्रश्नहरुको जवाफ भने मैले अझै खोज्नुपर्ने छ । यसैले होला मेरो श्रीमतीको फेरि बिरालो पाल्ने चाहानालाई स्वीकार गर्न अझै सकेको छैन ।  

Author

प्रदिप्नराज पन्त