• २३ जेठ २०८२, शुक्रबार

रनवे मोडलमा रोनिश उपविजेता

blog

काठमाडौँ, जेठ २१ गते ।  फिलिपिन्सको मनिलामा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘रनवे मोडल युनिभर्स २०२५’ मा नेपालका रोनिश खड्गी उपविजेता बन्नुभएको छ । ३० देशका प्रतियोगी सहभागी प्रतिस्पर्धामा रोनिशले नेपाली कलासंस्कृति प्रस्तुत गरेको बताउनुभयो । खड्गी ‘मोडल हन्ट नेपाल २०२३’ का विजेता हुनुहुन्छ ।

यसै गरी फिलिपिन्समै आयोजित ‘म्यान अफ दी वल्र्ड २०२५’ मा नेपालका आयुष दुलाल उत्कृष्ट १० भित्र पर्न सफल हुनुभयो । दुलाल ‘मिस्टर नेपाल २०२४’ मा ‘म्यान अफ दी वल्र्ड नेपाल २०२४’ को उपाधि विजेता हुनुहुन्छ । दुवै प्रतियोगिलाई नेक्स्ट मोडल्स नेपालले पठाएको हो । नेक्स्ट मोडल्सका प्रमुख कार्यकारी अधिकृत रवि धमलाले प्रतियोगिले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।