• १३ असोज २०८१, आइतबार

गर्मी बढेसँगै जनजीवन कष्टकर

blog

वराहक्षेत्र समाचारदाता  

वराहक्षेत्र, जेठ १७ गते । तराईमा केही दिनदेखि अत्यधिक गर्मी बढ्न थालेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । सात दिनदेखि बढेको गर्मी तथा तापक्रमका कारण सुनसरीसहित तराईका जिल्लाहरूको जीवन कष्टकर बनेको छ । जेठको दोस्रो हप्तादेखि तराईमा तापव्रmम बढ्दै गएपछि सुनसरी जिल्लाको प्रमुख सहरमा चहलपहल घटेको छ । तापक्रम  बढेर दिउँसो घरबाहिर निस्कनसमेत समस्या हुने गरेको वराहक्षेत्र–१० का श्याम कटुवालले बताउनुभयो ।   

केही दिनयता बिहानैदेखि गर्मी सुरु हुँदा किसान, मजदुर र विद्यार्थी बढी गर्मीको चपेटामा परेका छन् । गर्मी अत्यधिक बढेपछि सुनसरीको इनरुवा र वराहक्षेत्र नगरपालिकाले जेठ १४ देखि १८ सम्म पाँच दिन विद्यालय बन्द गरेको छ । गर्मी बढेपछि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको वराहक्षेत्र नगर शिक्षा शाखाले जनाएको छ । बिहानैदेखि तापक्रम बढ्ने र हावा नचल्ने हुँदा जनजीवन प्रभावित बन्नुका साथै कृषि बालीमा समेत असर पुगेको छ । गर्मी बढेपछि पूर्वी तराईका सहरमा मानिसको चहल पहल पातलो हुन थालेको छ । 

गर्मीका कारण अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । गर्मीबाट हुन सक्ने रोगबाट जोगिन सतर्कता अपनाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । गर्मीमा डेङ्गु, झाडापखला, टाइफाइड, ज्वरो, आउँ, हैजा र हेपाटाइटिसलगायत रोगका जीवाणु बढी सव्रिmय हुन सक्ने हँुदा सतर्कता अपनाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको हो । 

गर्मीका कारण टाउको दुख्ने, घाँटी दुख्ने, शरीर शिथिल हुने आँखा पोल्ने जस्ता रोगबाट जोगिन सतर्कता अपनाउनुपर्ने बताइएको छ । गर्मीबाट जोगिन बढी पानी पिउने, ग्लुकोज, जुस, फलफूल सेवन गर्ने, खानामा सलादको मात्रा बढाउने, बिनाकाम बाहिर घाममा ननिस्कने र निस्कन परे शरीर ढाक्ने सुतीजन्य लुगा लगाउन जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।