अर्जुन काफ्ले
स्याङ्जा, जेठ १७ गते । विश्वकै सर्वोच्च शिखर सगरमाथामा पालिकाको झण्डा र अन्धान्धी तथा श्रवणकुमारको तस्बिर फहराउने सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई आँधिखोला गाउँपालिकामा नागरिक अभिनन्दन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत आँधिखोला गाउँपालिका –२ चिलाउनेबासका ३६ वर्षीय पौडेलले सरगरमाथामा सफल आरोहणसँगै पालिकाको झण्डा र अन्धाअन्धी तथा श्रवण कुमारको तस्बिर फहराउनुभएको थियो ।
गत चैत २० गते शेर्पा एक्स्ट्रिम प्रालिमार्फत सगरमाथा आरोहणमा जानु भएका पौडेलले जेठ ७ गते बिहान १०ः२० बजे सफल आरोहण गर्नुभएको थियो ।
पौडेललाई प्रदेश सभा सदस्य सुधिर कुमार पौडेल, गाउँपालिका अध्यक्ष विश्व पौडेलले बुधबार खादाँ, माला लगाएर अभिनन्दन पत्रले सम्मान गर्नुभएको हो ।
सर्वोच्च शिखर सगरमाथामा झण्डा फहराएर र पालिकालाई विश्वमै चिनाएको प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले बताउनुभयो ।
पालिकाको शिर उचो राखेको बताउनुहुँदै पौडेलले जिल्लाको पहिलो सगरमाथा आरोही रहेको समेत बताउनुभयो ।
सगरमाथा आरोही पौडेललाई पालिकको प्रवेद्वारबाट पालिकाको गाडीमा बाजाँगाजाँसहित पालिका कार्यालय लगिएको थियो । पालिका कार्यालयमा नागरिक अभिनन्दन पश्चात पौडेललाई बाजाँगाजाँसहित घर पुर्याइएको हो ।
अभिनन्दन पश्चात् आरोही पौडेलले आफुले जन्मभूमिको झण्डा र घर नजिकैको धार्मिक स्थल अन्धाअन्दीको तस्बिर फहराएको बताउनुहुँदै नागरिक अभिनन्दन गरेर थप ऋणि बनाएको बनाएको बताउनुभयो ।
नागरिक अभिनन्दन कार्यक्रममा आमा समूह, युवा क्लब, पालिकाका जनप्रतिनिधिसहित सयौको उपस्थिति रहेको थियो । पालिकाको अभिनन्दनमा मुक्तिनाथ बहिनीका बाहिनीपति कालिदाश धौबजीको समेत उपस्थिति रहेको थियो ।
सगरमाथा आरोहणमा गर्नुभएको पौडेलले २०६७ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदमा प्रवेश गर्नुभएको थियो ।