• १२ साउन २०८१, शनिबार

कैदी बन्दीद्वारा रक्तदान

blog

रक्तदान गर्दै कैदी बन्दीहरु ।

अर्जुन काफ्ले

स्याङ्जा, जेठ १६ गते । गणतन्त्र दिवस २०८१ को अवसरमा जिल्ला कारागार स्याङ्जाका कैदी बन्दीले रक्तदान गरेका छन् । दिवसको अन्तिम दिन बुधबार कारागारमा २० जना पुरुषले रक्तदान गर्नु भएको हो । 

सधैँ खुला ठाउँमा रक्तदान गर्ने गरिएकोमा यहाँ पहिलो पटक कारागारमा रक्तदान गरिएको छ । रेडक्रसका अध्यक्ष दिनेश अर्यालले अस्पतालमा रगत अभाव भइरहँदा गणतन्त्र दिवसमा फरक ठाउँमा रक्तदान कार्यक्रम गरेको बताउनुभयो । रक्तदानको व्यवस्थापन जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा शाखाले गरेको हो । 

यस्तै, बुधबार पुतलीबजार १४ मा रहेको चण्डिकालिका बहिरा विद्यालयका २४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस्तै, दिवसको अवसरमा कारागारमा रहेका १४२ कैदी बन्दी र जिल्ला अस्पतालका २१ बिरामीलाई पुतलीबजार नगरपालिकाले  फलफूल वितरण गरेको छ ।