• १२ साउन २०८१, शनिबार

२०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषण गर्ने

blog

काठमाडौँ ,जेठ १५ गते । सरकारले कृषि क्षेत्रमा वि.सं. २०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी सरकारी निजी सहरकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न कृषि लगानी दशक घोषणा गर्ने उहाँले बताउनुभयो ।