• १५ असार २०८१, शनिबार

यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु

blog

मृतक जमुना विष्ट ।

राजु लामिछाने

रुकुमपश्चिम, जेठ १५ गते । यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी रुकुमपश्चिमको एक युवतीको मृत्यु भएको । आठविसकोट नगरपालिका ४ गोतामकोट विष्ट गाउँ निवासी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो । 

वडा अध्यक्ष विष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गरेको बेला बाटोमै उहाँको मृत्यु भएको हो । 

वडा अध्यक्ष विष्टले जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि गोतामकोट ल्याइने तयारी गरिरहेको बताउनुभयो । जमुनाको घरमा अहिले आमा एक्लै हुनुहुन्छ । बुवा र दाइ रोजगारीको सिलसिलामा भारत जानुभएको छ भने जेठी दिदीको विवाह भइसकेको छ । कान्छी बहिनी र अन्य नातेदारहरूको साथमा यार्सागुम्बा टिप्न डोल्पा जानु भएकी उहाँले प्रमाणपत्र तहको अध्ययन पुरा गर्नुभएको छ ।