• १० मंसिर २०८१, सोमबार

नेपाली फिल्मको ‘सिनेमाण्डु’ न्वारान

blog

काठमाडौँ, जेठ १५ गते । नेपाली चलचित्र उद्योगको पर्यायवाचीका रूपमा ‘कलिउड’ भनिँदै आएको छ । अमेरिकी चलचित्र उद्योगलाई ‘हलिउड’ र भारतीय चलचित्र उद्योगलाई ‘बलिउड’ भनिए जस्तै त्यसको नक्कलका रूपमा ‘कलिउड’ भनिँदै आएको थियो । 

सो नामको सट्टामा नेपाली चलचित्र क्षेत्रलाई ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । नेपाली चलचित्र उद्योगलाई के भनेर सम्बोधन गर्ने भन्ने विषयमा छलफलका लागि चलचित्र विकास बोर्डले चलचित्र सम्बद्ध संस्थालाई सोमबार बोलाएको थियो । सो छलफलमा ‘सिनेमाण्डु’ नामकरणबारे सहमति जुटेको हो । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले छलफलबाट अनुमोदित नामलाई बोर्ड बैठकले अनुमोदन गर्ने बताउनुभयो । मन्त्रालयले यो नामलाई मन्त्रीपरिषद् बैठकमा पेस गर्ने जनाइएको छ । मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिक रूपमै नेपाली फिल्म क्षेत्रले ‘सिनेमाण्डु’ नाम पाउने छ । बोर्डले सिनेमाण्डु, कान्तिपुर फिल्म्स र हिमालय फिल्म्स नाम प्रस्ताव गरेको थियो ।