• ३ असार २०८१, सोमबार

प्रजातन्त्र सेनानीको ऐतिहासिक घर जीर्ण

blog

राधा लुइटेल

फिदिम, जेठ १२ गते  ।  पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा सेल्टरका रूपमा प्रयोग गरिएको घर जीर्ण बन्दै गएको छ । यो घर पाँचथरको फाल्गुनन्द  गाउँपालिका–३, पौवा सारतापमा छ । यस घरमा पञ्चायतविरुद्ध आन्दोलनका योद्वाहरू भुविक्रम, डिल्लीविक्रम नेम्वाङ र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाका पिता खड्कविव्रmम नेम्वाङ (डबल सुब्बा) ले २००९ देखि २०१४ साल (पाँच वर्ष ) लगाएर निर्माण गर्नुभएको थियो ।

तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते बहुदलीय व्यवस्थालाई प्रतिबन्ध लगाएर शासनसत्ता हातमा लिएपछि त्यसविरुद्व आन्दोलन चर्काउने रणनीति यही घरमा बनेको दस्ताबेजमा उल्लेख छ ।

यहाँ बनेको रणनीति अनुसार नै कांग्रेसले २०१७ साल फागुनमा पॉचथरको सुकेपोखरीमा रहेको प्रहरी चौकीमा सशस्त्र आक्रमण गर्दै प्रहरीलाई लखेटेको थियो । त्यसपछि भुविक्रम नेम्वाङ, देवान दोर्जे थिङ र डिल्लीविव्रmम नेम्वाङ आदिको कमान्डमा पञ्चायतविरुद्ध भएको सिलौती क्रान्तिदेखि पॉचथर, ताप्लेजुङ, इलाम र तेह्रथुमका विभिन्न स्थानमा २०१७ देखि २०४६ सम्म भएका सशस्त्र र निःशस्त्र सबै खाले आन्दोलनका रणनीति पनि यही घरमा बनेको प्रजातान्त्रिक आन्दोलनका योद्धा धोबिहाङ नेम्वाङ बताउनुहुन्छ ।

नेम्वाङले भन्नुभयो, “यो घर आफ्नाविरुद्ध सेल्टरका रूपमा प्रयोग भएको थाहा पाएपछि पञ्चहरूले निगरानी बढाउँदै योद्धाहरूलाई पक्राउ गर्न थालेपछि नेम्बाङ परिवार निर्वासित भएर भारतको दार्जिलिङ पुगेर आन्दोलनलाई उतैबाट निरन्तरता दिएको थियो ।”

नेम्वाङ परिवार निर्वासित भए पनि कांग्रेसले २०१७ देखि २०४६ सम्म विभिन्न कालखण्डका आन्दोलनमा यही घरलाई सेल्टर बनाएको तत्कालीन आन्दोलनमा होमिएका योद्वाहरूद्वारा लिखित विभिन्न पुस्तकमा उल्लेख छ । प्रजातान्त्रिक आन्दोलनका कमान्डर बिपी कोइरालादेखि गणेशमानसिंह श्रेष्ठ हु‘दै गिरिजाप्रसाद कोइरालासम्मका नेता पूर्वी नेपालमा आन्दोलन चर्काउने व्रmममा यहाँ आश्रय लिने गर्नु हुन्थ्यो । यो घरको ऐतिहासिकसँगै पुराताìिवक महìव पनि उत्तिकै छ । ढुङ्गा काटेर इँटाको आकारमा निकालिएका ढुङ्गा मिलाएर दरबारको रूप दिइएको छ भने सुरक्षाका लागि चारैतिर ढुङ्गे पर्खालले घेरिएको छ । 

यो घर निर्माणताका पूर्वी नेपालमा यातायात र ढुवानीका लागि मोटरबाटो आइपुगेको थिएन । त्यो बेला निर्माणकर्ता डबल सुब्बाले भारतको दार्जिलिङबाट सामग्री बोकाएर यो घर बनाउनुभएको इतिहास पाइन्छ । आकर्षक र बढेमान घरका झ्यालढोका र कोठा कति छन् नेम्वाङ परिवारका सदस्य स्वयम्ले गन्न भ्याएका छैनन् । तीन तलाको भव्य यो घरभित्र कांग्रेसका पुराना दस्ताबेज, भॉडाकँुडा र लौरोलगायतका सामग्री अझै देख्न सकिन्छ ।

वरिपरि पुराना हुन लागेका भान्सा, गोदाम, बाथरुम र बगँैचा संरक्षण अभावमा खण्डहर बन्दै गएका छन् । तत्कालीन जनक्रान्तिका नायक भुविव्रmम घर निर्माणकर्ता डबल सुब्बाका साहिँला छोरा हुनुहुन्छ । २०४८ सालपछि उहाँहरू झापाको धुलाबारी बसाइँ सर्नुभएको थियो । केही वर्षअघि भुविव्रmमको निधन भयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविव्रmम नेम्वाङ (वैरागी काइँला) भुविव्रmमका काइँला भाइ हुनुहुन्छ । लामो समयदेखि उहाँ काठमाडौँ बस्दै आउनुभएको छ । वृद्व अवस्थाका उहाँलाई पनि घर संरक्षणको चिन्ता छ ।

भूविव्रmमकी छोरी बबिता नेम्वाङ भन्नुहुन्छ, “काठमाडाँैनिवासी वैरागी काका बारम्बार फोन र म्यासेन्जरमार्फत हामीलाई घरको संरक्षण गरौँ सङ्ग्रहालयको रूप दिऔँ भनिरहनुहुन्छ, परिवारका सदस्यबिच यो विषयमा छलफल पनि भइरहेको छ ।” 

यस घरलाई प्रबलीकरण गरेर सङ्ग्रहालयका रूपमा संरक्षण गर्न नेम्वाङ परिवारले छलफल पनि चलाएको छ । यद्यपि विभिन्न कारण प्रव्रिmया अगाडि बढ्न सकेको छैन ।