तनहुँ, जेठ ५ गते । तनहुँको बन्दीपुर-२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर-६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।
छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरुको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । अन्य चार जना सकुशल छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उहाँले बताउनुभयो । रासस