• ३ पुस २०८१, बुधबार

नेपाल भारत सीमा सिल

blog

भारतको लोकसभा निर्वाचनका कारण शुक्रवार राती १२ बजेदेखि बन्द रहेको जलेश्वर भन्सार कार्यालय । तस्विरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, जेठ ५ गते । भारतमा सोमवार हुने अठारौँ लोकसभा निर्वाचनलाई ध्यानमा राखी नेपाल भारत सीमा नाका सिल गरिएको छ । महोत्तरीसँग सीमा जुटेको भारत विहारको सीता मढी र मधुवनी जिल्लामा पा“चौ चरणअन्तर्गत जेठ ७ गते मतदान हुँदै छ ।

नाकामा भारतीय सुरक्षाकर्मीले शनिवार मध्य रातीदेखि कडाई गर्न थाले पनि साँझदेखि आवागमन ठप्प पारेको सशस्त्र प्रहरीका एसपी विनोद केसीले जानकारी दिनुभयो ।