• १३ असोज २०८१, आइतबार

कर्णाली किनारमा रमाउँदै राउटे

blog

कर्णाली किनारमा बल, डोरी, ब्याडमिन्टन खेल्दै राउटे बालबालिका । तस्बिर : विशाल सुनार

विशाल सुनार
दुल्लु (दैलेख), जेठ ३ गते ।
राउटे समुदाय नेपालको एकमात्र फिरन्ते र जीवनशैलीको हिसाबले लोपाेन्मुख अवस्थामा रहेको समुदाय हो ।

फिरन्ते जीवन बिताउने भए पनि सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सरकारी सेवा सुविधाको अनुकूलताका लागि गुराँस गाउँपालिका वडा नंं ८ को अस्थायी बासिन्दाको परिचय पत्र समेत उपलब्ध कुल ४६ घरधुरी रहेको राउटे समुदायको हालको जनसङ्ख्या एक सय ३७ जनाको छ ।

जसमध्ये बालबालिकाको सङ्ख्या अधिक छ । बसाइ सर्ने क्रममा गुराँस गाउँपालिका वडा नंं १ स्थित कर्णाली नदीको किनारमा रहेको कुन्द्रा खेतमा आइपुगेको छ ।

राउटे समुदायको सामाजिकीकरणका लागि भन्दै सञ्चालित राउटे परियोजनाले राउटे समुदायको खराब बानी व्यवाहारलाई सुधार गर्दै बालबालिकाहरुलाई अक्षर सिकाउने, स्वास्थ्य उपचार गर्ने लगायत क्रियाकलाप गराउँदै अएको छ ।

राउटे समुदाय अहिले जुम्ला, कालिकोटसँगै पश्चिम दैलेखीहरुले हाट जाँदा होस् या बण्डाल जानका लागि प्रयोगमा आउने प्राचीन पदमार्ग पहिल्याउँदै राउटे कर्णाली किनारमा झरेका छन् । यो नै कर्णाली चिसापानी, राजापुर बर्दिया, कैलाली झर्ने सबैभन्दा छोटो पदमार्ग हो ।