• १२ मंसिर २०८१, बुधबार

अग्निपीडितलाई राहत वितरण

blog

सुनसरीको कोशी गाउँपालिका वाड नम्बर ३ को गोइटी टोलका अग्नी पीडितहरुलाई राहत वितरण गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, जेठ १ गते । सुनसरीको कोशी गाउँपालिका ३ को गोइटी टोलका अग्निपीडितहरुलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कोशीले कोशी गाउँपालिका ३ को गोइटी टोलका १२ अग्निपीडित परिवारहरुलाई राहत वितरण गरेको हो । 

वैशाख २८ गते भएको आगलागीबाट घर, धनमान नष्ट भएको परिवारहरुलाई मंगलबार घटनास्थलमा नै नेपाल रेडक्रस सोसाइटी सुनसरीको उपस्थितिमा राहत प्याकेज वितरण गरिएको हो । रेडक्रसका धर्मेन्द्र विश्वासका अनुसार कोशी गाउँपालिका वार्ड नम्बर ३ को गोइटी टोलका अग्निपीडितहरुलाई भाँडावर्तन, कपडा, कम्बल, त्रिपाल, बम्दोबस्तीसहितको सामग्री राहत वितरण गरिएको हो । 

स्थानीय एसराईल मंसुरी, मुर्तुज मंसुरी, कर्मुल मंसुरी, तजमुल मंसुरी, रमजान मंसुरी, रमलुम मंसुरी, सदाम मंसुरी, गुलाव हसन मंसुरी, गुलाम रसुल मंसुरी, अल मोहम्मद मंसुरी, इलियास मंसुरी र सवुन खातुनसहित १२ अग्नी पीडित परिवारहरुलाई राहत वितरण गरिएको हो । कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवको पहलमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले राहत प्याकेज वितरण गरिएको जनाएको छ । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष सुलेमान मंसुरी, रेडक्रसका कोशी अध्यक्ष अजय कुसियैत, उपाध्यक्ष अनिता उराँव, सचिव धर्मेन्द्र विश्वास, योगेन्द्र दास उराँवसहितको उपस्थिति थियो ।