• ७ जेठ २०८१, सोमबार

कैलालीमा आजबाट नेपाल–भारत सीमा नाका बन्द हुने

blog

गौरीफन्टा नाका । तस्बिर: अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख ८ गते । कैलालीमा आज साँझ ६ बजेबाट नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । 

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते हुन गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरेर मतदान कार्य नहुँदासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न लागिएको हो । निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि भारतीय पक्षले पत्राचार गरेकाले उक्त अवधिभर नेपाल–भारत अन्तर्राष्ट्रिय सबै सीमा नाकाहरू बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।