• ७ जेठ २०८१, सोमबार

यु–१९ महिला तथा पुरुष भलिबल असारमा

blog

भलिबल प्रतियोगिता आयोजनाका लागि सम्झौता गरिँदै ।

काठमाडौँ, वैशाख २६ गते । प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप असारमा हुने भएको छ ।

सहाना प्रधान प्रतिष्ठानको‌ आयोजनामा र नेपाल भलिबल सङ्घको प्राविधिक र व्यवस्थापनमा‌ असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पियनसिप सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा सात प्रदेशका महिला र पुरुषको सहभागिता रहनेछ । 

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फको‌ विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेसूो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र व्यक्तिगत विधाको उत्कृष्टलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्री र सङ्घका अध्यक्ष चन्दबिच सम्झौता भएको छ । यस प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग मिल्ने सङ्घले जनाएको छ ।