• ७ जेठ २०८१, सोमबार

सुधार केन्द्रमा बसेका युवाको मृत्यु

blog

नयाँबाटो पुनर्स्थापना केन्द्र । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), वैशाख २६ गते ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ भालुफाँटास्थित नयाँबाटो पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक युवकको मृत्यु भएको छ ।

गयराती पुनर्स्थापना केन्द्रमा बस्दै आएका घोडाघोडी नगरपालिका वडानम्बर २ साँडेपानीका धनराज शाहीको २५ वर्षीय छोरा सुनिल शाहीको भाग्नेक्रममा छतबाट खसेर मृत्यु भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दिपेन्द्रकुमार पालले राती करिब ३ बजेतिर घटना भएको र रातीनै प्रहरीलाई खबर आएको बताउनुभयो । उहाँले प्रारम्भिक अनुसन्धानमा पुनर्स्थापना केन्द्रबाट भाग्नका लागि छतबाट हाम्फाल्दा मृत्यु भएको हुनसक्ने बताउनुभयो । उहाँले पुनर्स्थापना केन्द्र सञ्चालक तथा त्यहाँ बस्ने केहि युवाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकरी दिनुभयो ।

घोडाघोडीका स्थानीय युवाहरुले लागूपदार्थको कुलतमा फसेका युवाहरुलाई बाहिर निकाल्न विगत दुई वर्ष पहिला नयाँबाटो पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याएका थिए ।

हाल उक्त केन्द्रमा दुई दर्जनभन्दा बढी युवा उपचारका लागि बस्दै आएको जनाइएको छ ।