• ६ जेठ २०८१, आइतबार

लामो समयपछि उपत्यका हल्का वर्षा

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख  २३ गते । लामो समयपछि काठमाडौँ उपत्यकामा आइतबार साँझ हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकासहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ, गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

पश्चिमी वायु र भारतको बङ्गाल नजिक बनेको न्यून चापीय रेखाको कारण उपत्यकासहित दुई प्रदेशमा हल्का वर्षा सहित देशभरको मौसम बदली भएको मौसम विज्ञान विभागले जनाएको छ । 

मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका  अनुसार आगामी तीन दिन नै मौसम प्रणालीको प्रभाव पर्ने भएकाले देशभरको मौसममा बदली हुने सम्भावना छ । 

सोमबार दिउँसो देशभरको मौसममा आंशिक बदली रही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार भन्दा मंगलबार काठमाडौँ उपत्यकामा पानी धेरै पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।