• २२ असार २०८१, शनिबार

हिल्सा नाका खुुलाउन माग

blog

हुुम्ला समाचारदाता

हुुम्ला, वैशाख ८ गते ।  कोरोना महामारीका कारण बन्द भएको नेपाल र चीनबीचको हिल्सा नाका सञ्चालन गर्न हुम्लावासीले माग गरेका छन् । मानसरोवर कैलाश दर्शन गर्ने समय सुुरु भएको र नाका बन्द भएसँगै स्थानीयवासीको व्यापार व्यवसाय पनि प्रभावित भएकाले नाका पुनः सञ्चालन गर्न आग्रह गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ, हुम्लाका अध्यक्ष नामग्याल तामाङले जिल्लाको व्यापारिक केन्द्र हिल्सा नाका खुलाउने पहल गर्न सरकारसँग माग गर्नुभयो । उहाँले हिल्सा नाका सञ्चालन हुने समय आएकाले सो नाका खुलाइए हुम्लावासीको व्यापार व्यवसाय, पर्यटन र रोजगारी तथा आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो । 

हिल्सा नाका बन्द हुँदा हुम्लावासीले रोजगारीका लागि तिब्बतको ताक्लाकोट पनि जान पाएका छैनन् । नाका खुला भए दुुई हजारभन्दा बढी हुम्लावासी रोजगारीका लागि ताक्लाकोट जान पाउने अध्यक्ष तामाङले बताउनुुभयो । 

२०७६ सालबाट देखापरेको कोरोनाका कारण हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोटसँगको व्यापार र सम्पर्क बन्द  भएको हो । पर्यटन व्यवसायी रिन्जिन लामाले वैशाख महिना लागेसँगै मानसरोवर कैलाशको दर्शन गर्ने सिजन सुुरु भएकाले नाका खुुलाउनुपर्ने बताउनुुभयो ।  उहाँले नाका बन्द भएका कारण हिल्सामा ठूलै लगानी गरेर स्थापना भएका एक दर्जनभन्दा बढी पर्यटकीय होटल बन्द छन् । 

कोरोना महामारी सुरु हुनुअघिका तीन वर्ष हिल्सा नाकाबाट ३० हजारभन्दा बढी भारतीय मानसरोवर कैलाशको दर्शन गर्न गएका थिए । यसबाट यहाँको पर्यटन व्यवसायलाई फाइदा हुनुका साथै स्थानीय अर्थतन्त्रमा महŒवपूर्ण योगदान गरेको थियो । 

नाका बन्द हुँदा हिल्सामा स्थापना भएको भन्सार कार्यालय पनि बन्द छ । विकास निर्माणका सामग्री पनि ताक्लाकोटबाट हिल्सा हुँदै आउने गर्दथ्यो । नाका बन्द हुँदा व्यापार व्यवसाय सबै ठप्प छ ।