• ४ जेठ २०८१, शुक्रबार

नेपाल र वेस्ट इन्डिज ए बीच प्रतिस्पर्धा हुँदै

blog

काठमाडौँ, वैशाख २० गते । नेपाल र वेस्टइण्डिज ए बीचको चौथो टि २० खेल आज हुँदैछ । खेल मध्यान्ह सवा १२ बजेबाट कीर्तिपुरस्थित खेल मैदानमा हुनेछ । पाँच खेलको शृङ्खलामा नेपालले एक र वेस्टइण्डिज एले दुई खेल जितेको छ । 

नेपाल आजको खेल जित्दै शृङ्खलामा बराबरी गर्न चाहन्छ भने वेस्टइण्डिज आजको खेल जित्दै एक खेल अगावै शृङ्खला कब्जा गर्ने दाउमा रहनेछ । अर्को महिना अमेरिका र वेस्टइण्डिजमा हुने विश्वकपको तयारी स्वरुप नेपालले वेस्टइण्डिज एसँग अभ्यास गरिरहेको छ ।