• २ जेठ २०८१, बुधबार

सुहाङ प्रतिस्पर्धीभन्दा १ हजार १५५ मतले अघि

blog

प्रेम अधिकारी

पशुपतिनगर, वैशाख १६ गते । प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार १५५ मतले अग्रता लिनुभएको छ । उहाँले ४ हजार ४१३ मत ल्याउँदा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३ हजार २५८ मत ल्याउनुभएको छ । 

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका उम्मेदवार मिलन लिम्बु कायमै रहनुभएको छ । डकेन्द्रको ९६३ मत आउँदा मिलनको ४५१ मत आएको छ ।