• २० वैशाख २०८१, बिहिबार

करेन्ट लागेर एकको मृत्यु

blog

कोकिला ढकाल 

इलाम, वैशाख ७ गते । पोलमा चढेर विद्युत जोड्ने क्रममा इलाम नगरपालिका–८ मा एक व्यक्तिको ज्यान गएको छ  । सन्दकपुर लादै गरिएको नयाँ पोलमा चढेर काम गर्ने क्रममा इलाम नगरपालिका–५ का ४२ वर्षीय दिलीप कुँवर रहेको इलामका डिएसपी प्रकाश जबेगुले जानकारी दिनुभयो । 

काम गर्दै गरेको अवस्थामा दिउँसो २ बजेतिर अचानक करेन्ट बगेपछि ११ हजार भोल्टको करेन्टले कुँवरलाई पोलमै टाँसेको थियो । अहिले प्रहरी टोली घटनास्थलमा रहेको जबेगुले बताउनुभयो ।