• १९ वैशाख २०८१, बुधबार

चट्याङले लागेर एक महिला घाइते

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ६ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा चट्याङले लागेर एक महिला घाइते हुनुभएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–१ तिनधारेकी ५१ वर्षीया मञ्जु सिग्देल चट्याङले लागेर घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार आफ्नै घरको पेटीमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर सिग्देल घाइते हुनुभएको हो । सिग्देलको चट्याङले लागेर छाती, बायाँ हात पिल्सिएर चोट परेको छ भने चट्याङकै कारण सिग्देलको बायाँ खुट्टा सुनिएको लुङगेलीले जानकारी दिनुभयो । 

चट्याङले लागेर घाइते सिग्देलको घरमा राखेर घरायसी उपचार गरिँदै आएकोमा स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई बिहीबार थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याएर भर्ना गरिएको छ । हाल घाइते सिग्देलको जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।