• १८ वैशाख २०८१, मङ्गलबार

एमाले हुम्ला गाउँ कमिटी अधिवेशन जेठमा

blog

एमाले हुम्लाद्वारा गरिएको पत्रकार भेटघाट ।

राजन रावत

हुम्ला, वैशाख ५ गते । तीन दिनअघि दसौँ जिल्ला अधिवेशन सम्पन्न गरेको नेकपा (एमाले) ले गाउँपालिका र वडा कमिटीको अधिवेशन आगामी जेठ २० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

जिल्ला अधिवेशन र जिल्ला कमिटीले गरेको निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गरिएको हो । एमाले हुम्लाका अध्यक्ष ज्ञानी बुमीका अनुसार बैठकले ४३ पालिकाको अधिवेशन जेठ १० गतेभित्र र सात गाउँपालिकाको अधिवेशन जेठ २० गतेभित्र गर्ने निर्णय गरेको बताउनुभयो । 

विधानतः गर्नुपर्ने सो कमिटीको अधिवेशन नवनिर्वाचित जिल्ला कमिटीको पहिलो बैठकले सो निर्णय गरेको हो ।