• ११ मंसिर २०८१, मङ्गलबार

सल्यान बस दुर्घटना हुँदा २२ घाइते, चारको अवस्था गम्भीर (नामावलीसहित)

blog

सल्यानमा भएको बस दुर्घटना ।

प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ५ गते । 
सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २२ पुगेको छ । बुधबार बिहान राप्ती राजमार्गअन्तर्गत दाङ रुकुम सडकखण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोला पुलबाट बस खोलामा खसेको थियो । 

दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित पुलबाट खसेको थियो ।

बस दुर्घटनामा परी घाइते हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ४ का ४६ वर्षीय (गाडी धनी) विष्णु विक., रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, दाङ तुलसीपुर उ.म.पा १० बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, दाङ नारायणपुर नगरपालिका १० की ३६ वर्षीया दिल कुमारी गौतम , दाङ रक्षाचौरकी २६ वर्षीया खिमा विक.,तुलसीपुर उ.म.न.पा ६ का ३४ वर्षीय बस चालक पूर्ण शमशेर जबरा, तुलसीपुर उ.म.न.पा ७ पर्सेनीकी ४९ वर्षीया ठगी बुढा, ४७ वर्षीया मुम्भ कुमारी बुढा, रुकुम चौरजहारी नगरपालिका २की २२ वर्षीया पुष्पा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै, सल्यान शारदा नगरपालिका ५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका १५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ को ६ वर्षीय रेसम मगर, रुकुम चौरजहारी नगरपालिका ९ का २९ वर्षीय उमेश मल्ल रहेका छन् ।

त्यस्तै, रुकुम सिस्ने गाउँपालिका ६ की ११ वर्षीया अरुणा गौतम, रुकुम बाफीकोट गाउँपालिका १ का १४ वर्षीय निश्चल हमाल, सल्यान बागचौर नगरपालिका २ की ललिता बस्नेत, शोही ठाउँका २५ वर्षीय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ३१ वर्षीय वीरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका १ का १७ वर्षीय वीर बहादुर बस्नेत, त्रिवेणी गाउँपालिका ६ का ३३ वर्षीय वसन्तजङ्ग क्षेत्री र रोप्ला रन्टीगढी गाउँपालिका ५ का २५ वर्षीय रञ्जित विक रहेका छन् ।

दुर्घटनामा परी वि.क, पुन, चौधरी र गौतमको अवस्था गम्भीर रहेको र उनीहरूको उपचारका लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जनाकारी दिनु भयो । उहाँका अनुसार बाँकी मध्यम र सामान्य घाइतेको बागचौरस्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस

सल्यान बस दुर्घटना : १४ जना घाइते

दाङबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना