• १८ वैशाख २०८१, मङ्गलबार

पोल्टी फार्ममा आगलागी हुँदा लाखौँको क्षति

blog

विष्णुपुर गाउँपालिका-६ स्थित पोल्टी फार्ममा भएको आगलागी । तस्बिर: देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, वैशाख ५ गते । सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित एक पोल्टी फार्ममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । विष्णुपुर गा.पा. ६ स्थित बैरगमा गाउँमा सञ्चालित राजीव पोल्टी फार्ममा मंगलबार राती आगलागी हुँदा लाखौँको क्षति भएको हो । 

स्थानीय सूर्य नारायण साहले सञ्चालन गरेको फार्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मगंलबार मध्यरातको समयमा आगलागी हुँदा फर्ममा रहेको कुखुरा २ किलो बराबरको वजन भएको ५ सय कुखुरा, ७ सय चल्ला, विद्युतीय मटर, कृषि मिटर, २ क्वाइल तार, दाना २० बोरा, २ वटा घर र फार्ममा प्रयोग हुने विभिन्न सामग्री जल्दा ११ लाख बराबरको क्षति भएको फार्म सञ्चालक साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

राजविराज नगरपालिकाका वारुण यन्त्रको सहयोगमा स्थानीयबासी, प्रहरीले झण्डै चारघण्टा अथक प्रयास पछि आगोलाई नियन्त्रणमा लिएका थिए । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले कसरी आगलागी भएको कुरा खुल्न नसकेको तथा घटना बारे अनुसन्धान भइरहेको बताउनुभयो । पीडितले दिएको किटानी जाहेरीको आधारमा घटना बारे छानबिन गर्ने उहाँले बताउनुभयो ।