• ९ जेठ २०८१, बुधबार

एमाले हुम्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ

blog

नवनिर्वाचित पदाधिकारीहरु तथा सदस्यहरु शपथ लिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख ३ गते । 
दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित भएको नेकपा (एमाले) हुम्लाको जिल्ला कमिटीले पद तथा गोपनीयता शपथ लिएको छ । आइतबार भएको निर्वाचनबाट सिङ्गो जिल्ला कमिटी मतदानबाट निर्वाचित भएको थियो ।

नवनिर्वाचित पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरूलाई नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका सचिव काशी बरालले पद तथा गोपनीयताको शपथ खुवाएको नवनिर्वाचित उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताउनुभयो ।

एमालेले जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रम आयोजना गरी निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाउने कार्यक्रम आयोजना गरेको हो । एमाले हुम्लाको दसौँ जिल्ला अधिवेशनबाट अध्यक्ष ज्ञानी बुमीको नेतृत्वका जिल्ला कमिटी निर्वाचित भएको हो । सो कार्यक्रममा स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटी, केन्द्रीय सदस्यत्रय दल रावल, छक्क बहादुर लामा र दल बहादुर फडेराको उपस्थिति रहेको थियो ।