• २० वैशाख २०८१, बिहिबार

मेचीनगरमा २ वटा अजिङ्गरको उद्धार

blog

मेचीनगरमा अजिङ्गरको उद्धार गरिँदै । तस्बिर : विष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख १ गते । 
झापाको मेचीनगरमा १० दिनको अवधिमा दुईवटा अजिङ्गर फेला परेका छन् । एसियाली राजमार्ग निर्माणका लागि सडक छेउका रुखहरू काट्दा यहाँ रहेका चरा तथा जीवजन्तुहरूमा ठुलो असर पर्न थालेको चरा तथा वन्यजन्तु खोजकर्ता देवेन्द्र खरेलले बताउनुभयो ।

बन्यजन्तुहरुको आश्रयस्थलहरु हटाइदा यसले उनीहरूको जीवनपद्धतिमा धेरै नोक्सानी भइरहेको उहाँको भनाइ छ । शुक्रबार बिहान मेचीनगर नगरपालिका वडा नं. ७ को जोरसिमल क्षेत्रमा ७ फिट ९ इन्च लामो र ६ किलो ६ सय ग्राम तौलको अजिङ्गर भेटिएको बताइएको छ ।

खरेलसहितको टोलीले बुद्धशान्ति गाउँपालिका वडा नं. ५ स्थित पाँचपोखरी सामुदायिक बनमा अजिङ्गर सकुशल रूपमा छाडिएको छ । धमाधम ठुला रुख काटिएका कारण यसको अवर प्रत्यक्ष रूपमा जीवजन्तु तथा चराहरूमा देखिन थालेको खरेलको भनाइ रहेको छ ।

एकसाता अघि यही वार्डका सतिघट्टा पनि अजिङ्गर फेला परेको थियो । खरेलका अनुसार आफूहरूले अजिङ्गरलाई सकुशल रूपमा उद्धार गरेर पाँचपोखरी बनमा नै लगेर छाडिदिएको बताउनु भयो । यो अजिङ्गर करिब १० केजीको रहेको थियो ।