• १२ साउन २०८१, शनिबार

नयाँ वर्षसँगै समृद्धिको मार्गमा अग्रसर हुनु पर्छ: सभापति देउवा

blog

काठमाडौँ, वैशाख १ गते । नयाँ वर्षसँगै दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको बताउनुभएको छ । नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिनुहुँदै काँग्रेस सभापति शेरबहादुर देउवाले यस्तो बताउनुभएको हो । 

नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट हुनु पर्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक भएको उहाँले सन्देश मार्फत बताउनुभएको छ । 

उहाँले नयाँ वर्ष २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।