• १२ असोज २०८१, शनिबार

भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने

blog

हनोई, चैत २१ गते । औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत् आयात गर्ने जनाएको छ ।

भियतनामको राष्ट्रिय विद्युत् विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट विद्युत् आयात गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतकाे दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत् आयात गर्नेछ ।

पछिल्ला वर्षहरुमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरुमा विद्युत् माग तीव्र रुपमा बढेको छ ।

सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ । साथै फोहोर प्रशोधनबाट एक हजार १८२ मेगावाट र सर्वसाधारणका घरमा जडान गरिएका सोलार प्यानलबाट एक हजार ८८ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । रासस/सिन्ह्वा