• २३ वैशाख २०८१, आइतबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, चैत २० गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘विमस्टेक वडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। 

त्यस्तै, मन्त्री श्रेष्ठले ‘विमस्टेक वडापत्रलाई अनुमोदन गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने छ । 

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरुमा माननीय सदस्यहरुको नान हेरफेर गर्नुहुने छ ।