• १५ वैशाख २०८१, शनिबार

चित्रकला प्रदर्शनी

blog

काठमाडौँ, चैत १६ गते । नेपाली महिला कलाकारको सामूहिक चित्रकला प्रदर्शनी सुरु भएको छ । ललितपुरस्थित क्लासिक ग्यालरीमा आयोजित सामूहिक चित्रकला प्रदर्शनीमा २९ जना महिला कलाकारको धार्मिक, सामाजिक, जीवनशैली, महिलाले निर्वाह गर्नुपर्ने जिम्मेवारीलगायत थुप्रै सन्देशमूलक ४१ वटा कलाकृति प्रदर्शनीमा राखिएका छन्  ।

क्लासिक ग्यालरीका संस्थापक सरिता डङ्गोलले नेपाली कला, सम्पदाको संरक्षण र प्रवर्धनको उद्देश्यले स्थापना गरिएको सो ग्यालरीले महिला कलाकारको सिर्जनालाई प्राथमिकताका साथ प्रदर्शनी गर्ने अवसर दिँदै आएको बताउनुभयो । प्रदर्शनी आगामी वैशाख ८ सम्म सञ्चालन हुने छ ।