• १३ मंसिर २०८१, बिहिबार

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

blog

जंगली हात्तीले आक्रमण गरेको स्थल । तस्बिरः लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड, चैत १४ गते ।  झापाको शिवसताक्षीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शिवसताक्षी ११ उत्तर रतुवामाई आयोजनाको बन क्षेत्रमा दाउरा खोज्न गएका स्थानीय ६० वर्षीय पवित्रा भेट्वालको  बुधबार साँझ  जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

उनका श्रीमान दिलीप भेट्वाल सक्त घाइते भएका छन् । उनलाई उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल लगिएको छ । भेट्वाल दम्पत्ती बुधबार   दिउँसो दाउरा खोज्न गाउँसँगै जेडिएको नजिकैको वनमा गएका थिए । 

श्रीमान साइकलमा र श्रीमतीले डोकोमा दाउराको भारी हाल्दै गर्दा आक्रमण गरेको स्थानीयले बताए । श्रीमतीलाई हात्तीले लछारपछार पारेपछि श्रीमान भाग्न सफल भएका थिए । श्रीमानलाई पनि हात्तीले आक्रमण गरेको छ । 

घटनास्थलमा इलाका प्रहरी झिलझिलेको टोलीले कानुनी प्रक्रिया सुरु गरेको छ । घटनास्थलदेखि नजिकै अझै पनि दुई वटा हात्ती छन् । स्थानीयका अनुसार दुई वटा जङ्गली हात्तीले  बुधबार  साँझ ५ः५० मा आक्रमण गरेका थिए ।