• १२ साउन २०८१, शनिबार

काठमाडौैं महानगरद्वारा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान

blog

काठमाडौं, चैत ९ गते । काठमाडौं महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

महानगरअन्तर्गतको वातावरण व्यवस्थापन विभागका अनुसार सुख्खा फोहोर खरिद गर्न चाहने, आन्तरिक राजस्व कार्यालयमा भ्याटमा दर्ता भएका, इच्छुक व्यक्ति, कम्पनी एवम् फर्महरुले  प्रस्ताव गर्न सक्नेछन् ।

महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि प्रस्ताव आह्वान गरेको सूचनामा उल्लेख छ ।

प्राप्त प्रस्तावहरू आगामी वैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवम् उपलब्ध प्रस्ताव दाताहरूको रोहवरमा खोलिने जनाएको छ ।  सो विषयमा थप जानकारी काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिनेछ ।