• १५ वैशाख २०८१, शनिबार

सुझाव कार्यान्वयन गर्न सरकारलाई अध्यक्षको निर्देशन

blog

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ७ गते । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदले दिनुभएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० मा समावेश भएका सुझावलाई प्राथमिकता आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्न र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको जवाफपछि उहाँले यस्तो निर्देशन दिनुभयो । 

प्रतिवेदनका सम्बन्धमा सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचारलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिवेदनका सम्बन्धमा मान्य सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा माननीय मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० मा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।’