• १६ वैशाख २०८१, आइतबार

पीसीएल र बीएस्सी नर्सिङकाे लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण

blog

काठमाडौं, चैत ४ गते । नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङतर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

परिषद्ले शनिबार सञ्चालन गरेको लाइसेन्स परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।

परिषद्की रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएलतर्फ परीक्षामा सहभागी भएका चार हजार ५६७ सहभागी भएका थिए  जसमध्ये तीन  हजार २५५ जना अर्थात् ७१.२७ प्रतिशत उत्तीर्ण भएका छन्।यस्तै, बीएस्सी नर्सिङतर्फ ४४५ जना विद्यार्थी सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन्। 

उहाँका अनुसार दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ छ।

परिषद्ले लिएको यो पीसीएलतर्फको ३५ औं नाम दर्ता परीक्षा हो भने बीएस्सीतर्फ पाँचौं नाम दर्ता प्रमाणपत्र परीक्षा हो।