पहिचान हो श्रुतिपरम्परा
श्रुतिपरम्परा हजारौँ वर्षदेखि निरन्तर अस्तित्वमा छ । यसको सीधा नाता बोलीसँग छ, जुन मानव जातिले सबैभन्दा पहिले सुरु गरेको शाब्दिक सञ्चार हो । यसले मानव–मानव तथा मानव र सभ्यतालाई निरन्तर जोड्दै आइरहेको छ । श्रुतिपरम्पराको महिमा अपरम्पार छ । आध्यात्मावादीहरूले भनेझैँ श्रुतिपरम्परा ज्ञानयोग, भक्तियोग र कर्मयोगलाई पनि एकआपसमा जोड्ने अलौकिक सेतु हो । श्रुतिपरम्पराले संस्कृति, इतिहास र ज्ञानको संरक्षण, भण्डारण र विस्तारमा जीवनदायिनी भूमिका खेल्दै आएको छ । लेख्यपरम्परा र विद्युतीय माध्यमको विकास चरमोत्कर्षमा पुगेको अहिलेको युगमा पनि श्रुतिपरम्पराको महत्व कायमै छ । यसको बहुआयामिक महत्व छ ।