• ८ मंसिर २०८१, शनिबार

विज्ञान प्रदर्शनीमा हलेश्वर माध्यमिक विद्यालय प्रथम

blog

प्रथम स्थान हासिल गर्ने हलेश्वर माध्यमिक विद्यालयका विद्यार्थी । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, फागुन १९ गते । 
माध्यमिक तह विज्ञान प्रदर्शनी कार्यक्रममा गौरीशङ्कर गाउँपालिका–५ को हलेश्वर माध्यमिक विद्यालयले प्रथम भएको छ । विद्यालयले नगद पाँच हजार र प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई दोलखाको आयोजना तथा कालिन्चोक माध्यमिक विद्यालय चरिकोटको व्यवस्थापनमा भएको उक्त कार्यक्रममा विजयी हलेश्वर माविले प्रविधिमा एनालक र डिजिटल कम्प्युटर, भूकम्प मापन यन्त्रलगायतका सामग्री प्रस्तुत गरेको थियो ।

त्यस्तै, भीमेश्वर नगरपालिकास्थितको मोडर्न नेपालले द्वितीय स्थान हासिल गरी नगद तीन हजार र प्रमाण पत्र प्राप्त गरेको छ । कालिन्चोक गाउँपालिकास्थितको हिलेपानी संस्कृत माविले तृतीय स्थान हासिल गरी नगद दुई हजार र प्रमाण पत्र प्राप्त गरेको छ भने मेलुङ गाउँपालिकास्थित  त्रिभुवन माविले सान्त्वना स्थान हासिल गरेबापत नगद एक हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रथम हुने विद्यालयले यही फागुन २४ गते आयोजना हुने बागमती प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा सहभागी हुने अवसर प्राप्त गरेको छ । गत वर्ष त्रिभुवन मावि मेलुङले बागमती प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा प्रथम स्थान हासिल गरेका थियो ।

कार्यक्रम समन्वय इकाई प्रमुख शङकरबाबु श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द मानन्धर र कालिन्चोक माविका प्रधानाध्यापक शम्भु गौतमले मन्तव्य व्यक्त गर्नु भएको थियो ।