• १२ साउन २०८१, शनिबार

जसपाका दुई पालिका समिति पुनर्गठन

blog

काठमाडौं, फागुन १२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् ।

जसपा प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले पुनर्गठन गरिएका पालिकामा धनकुटाको सहिदभूमि गाउँपालिका र इलामको माङ्सेबुङ गाउँपालिका रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यतामा पालिकामा आयोजित भेलाले टङ्क राईको अध्यक्षतामा २१ सदस्यीय सहिदभूमि गाउँ समिति पुनर्गठन गरेको हो ।

त्यस्तै, शुक्रबार माङ्सेबुङको वडा नं ५ मा आयोजित भेलाबाट किसान खजुमको अध्यक्षतामा ३१ सदस्यीय गाउँ समिति पुनर्गठन गरेको छ ।

कार्यक्रममा पार्टीका कोसी प्रदेश समितिका अध्यक्ष दीपक याक्खा, प्रदेश निर्वाचन आयोगका अध्यक्ष विनोद नेम्बाङ, लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सञ्जय मेवाहाङ राईलगायत नेताहरू उपस्थित रहेका जानकारी उहाँले दिनुभयो ।