• ११ वैशाख २०८१, मङ्गलबार

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

blog

काठमाडौँ, फागुन १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्ने पक्की पुलको शनिबार शिलान्यास गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उक्त सचिवालयका अनुसार एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुलको लम्बाइ छ सय मिटर लामो हुनेछ । ‘डबल लेन’को यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ । रासस