• १२ साउन २०८१, शनिबार

वन्खण्डी र प्रितम दासको प्राण प्रतिष्ठा

blog

रामधुनी मन्दिर परिसरमा बाबा वन्खण्डी र प्रितम दासको मूर्तिको प्राण प्रतिष्ठा गरिँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, माघ ९ गते । धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर परिसरमा श्री चन्द्र बाबा, बाबा वन्खण्डी र प्रितम दासको मूर्तिको प्राण प्रतिष्ठा विधिवत् रूपमा गरिएको छ। 

भारतको विभिन्न प्रान्तबाट आउनुभएका उदासी सम्प्रदायका गुरुहरूको उपस्थितिमा बुधबार (आज) मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो । रामधुनी मन्दिर परिसर क्षेत्रमा ५० लाख खर्च गरेर उदासी सम्प्रदायका गुरुहरूले निमार्ण गरेको मन्दिरको प्राण प्रतिष्ठा सहित मन्दिरको उद्घाटन गरिएको छ । 

भारतको पन्जाबबाट आउनुभएका नेपाली भाषी श्री १०८ गोपाल मुनीले माहाराले रामधुनी मन्दिर परिसर क्षेत्रमा गोपाल मुनीकै अगुवाइमा चन्द्र बाबा, बाबा वन्खण्डी र प्रितम दासको मूर्ति निमार्ण गरिएको हो । उहाँले  विभिन्न देवताहरूको आधा दर्जन मन्दिर निर्माण गर्नुभएको छ । वन्खण्डी मन्दिर, शिवालय मन्दिर, राम मन्दिर, शनि मन्दिर निर्माण गर्नु भएको हो । मन्दिर परिसरमा गोपाल मुनिले आफ्नै लगानीमा मठ मन्दिर र आश्रम निर्माण गरेपछि मन्दिर परिसर मन्दिरै मन्दिरले भरिभराउ भएको छ । 

रामको पाउ स्पर्श भएको रामधुनी मन्दिर क्षेत्रमा श्री चन्द्र बाबा वन्खण्डी र प्रितम दासको मन्दिर उद्घाटन गरिएसँगै मन्दिर परिसरको सौन्दर्ययता बढेको छ । मन्दिर निमार्ण भएसँगै धार्मिक पर्यटनको क्षेत्रमा सहयोग पुगेको स्थानीय जनप्रतिनिधि तेज बहादुर गुरुङले बताउनुभयो । 

श्री चन्द्र बाबा वन्खण्डी र प्रितम दासको मूर्तिको प्राण प्रतिष्ठाको लागि भारत र नेपालबाट धर्म गुरु र उदासी सम्प्रदायका भक्तजनहरूको रामधुनीमा बाक्लो उपस्थिति रहेको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रकाश कोइरालाले बताउनुभयो । त्रेता युगमा भगवान् रामको पाउ स्पर्श भएको रामधुनी मन्दिर क्षेत्रमा श्री चन्द्र बाबा वन्खण्डी र प्रितम दासको मूर्तिको प्रष्ठिानको अवसरमा रामधुनी मन्दिर परिसरमा आज बेलुका साँझ भजन, कर्तन, अनुष्ठान सहित दीप प्रजवलन गरिने भएको छ। 

प्राण प्रतिष्ठाकै अवसरमा रामधुनी मन्दिरमा पछिल्लो केही वर्षदेखि भारतबाट समेत उदासी सम्प्रदायका भक्तहरू रामधुनी दर्शनको लागि आउने गरेका थिए । श्री चन्द्र बाबा वन्खण्डी र प्रितम दासको मन्दिरको प्राण प्रतिष्ठा भएसँगै भत्तनहरु दर्शनका लागि आउने बताइएको छ ।  

हिन्दु धर्मावलम्बीहरूको विशेष महत्त्व र अस्तित्व बोकेको धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रूपमा परिचित रामधुनी मन्दिर परिसरमा निर्माण भएको मन्दिरले तिर्थालुहरुलाई आकर्षित गर्ने बाबा बनखण्डी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।