• २६ पुस २०८१, शुक्रबार

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते सुरु

blog

काठमाडौँ, माघ १८ गते । तेस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबका स्वर्णिम मानन्धरले स्वर्ण जित्नुभएको छ । 

उहाँले पुरुष एकल कातामा स्वर्ण जित्नुभएको हो । आर्मी क्लबका विनय लिम्बुले रजत तथा बागमती प्रदेशका अन्जन यसमाली मगर र एपिएफका खगेन्द्र चाम्लिङले कांस्य जित्नुभयो । एकल कातामा सात प्रदेश र तीन विभागका १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ केजीमाथि, काता र टिम काता तथा महिलातर्फ ४५, ५०,५५, ६१, ६८, ६८ केजीमाथि, काता र टिम काता स्पर्धा समावेश गरिएको छ । 

प्रतियोगितामा प्रत्येक टोलीबाट २१ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापक सहित दुई सय सय ४० खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र २० जना प्राविधिकको प्रत्यक्ष सहभागिता रहेको छ । जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा सञ्चालित प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । 

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्नेछ । यस्तै सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीलाई ट्रफीसहित जनही २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।